निष्पक्ष समाचार, बलियो पैरवी

मिति: वि.सं. २०८२ बैशाख ५ गते शुक्रबार

अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर प्रदान गर्न सके उनीहरु पनि सक्षमहुन सक्छन् – उपाध्यक्ष अर्याल

अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर प्रदान गर्न सके उनीहरु पनि सक्षमहुन सक्छन् – उपाध्यक्ष अर्याल
  • पैरवी अनलाइन
  • २०८१ चैत्र २५ गते सोमबार

 

धादिङ २५ चैत्र पैरवी अनलाइन

कार्यक्रमका  प्रमुख आतिथी सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर प्रदान गर्न सके उनीहरु पनि सक्षमहुन सक्छन्  भन्नु भयो ।

२५ गते सोमबार अपाङ्गता पुर्नस्थापना समाज धादिङको आयोजना र सिद्धलेक गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका भित्रका १६ जना अपाङगता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको हो ।

 

गाउँपालिका भित्रका अपाङगता भएका १६ जना व्यक्तिहरुलाई बाख्रा पालन सम्बन्धी ३ दिने तालिम प्रदान गर्नुका साथै आर्थिक उपार्जनमा टेवा पुर्याउने उद्देश्यले विमा गरिएको १६ वटा बाख्रा समेत वितरण गरिएको थियो। उक्त कार्यक्रम पालिकाको हलमा सम्पन्न भएको हो ।

अपाङ्गता पुर्नस्थापना समाज धादिङको अध्यक्ष अश्विन लम्सालको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा लम्सालले गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेकोमा खुसी व्यक्त गरेका  थिए। साथै कार्यक्रमका सहभागीहरुले आगामी दिनमा पालिकाले अपाङ्गता भएका  व्यक्तिहरुका लागि सहयोग  र साथ दिन आग्रह गरेका थिए।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
छुटाउनु भयो की!

ताजा अपडेट

खोजी गर्नुहोस