निष्पक्ष समाचार, बलियो पैरवी

मिति: वि.सं. २०८२ बैशाख ६ गते शनिबार

शिक्षक महासंघको निर्णय : विद्यालय बन्द देखि कक्षा १२ काे परीक्षा बहिष्कार सम्म

शिक्षक महासंघको निर्णय :   विद्यालय बन्द देखि कक्षा १२ काे परीक्षा  बहिष्कार  सम्म
  • पैरवी अनलाइन
  • २०८२ बैशाख १ गते सोमबार

 

काठमाडौं : वैशाख १, २०८२, पैरवी अनलाइन

नेपाल शिक्षक महासंघले अागामी वैशाख ११ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । महासंघको वैशाख १ गते सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

‘कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेका छौं,’ उनले भने ।

कक्षा १२ को अन्तिम परीक्षा वैशाख ११ गते देखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भईसकेकाे अबस्थामा छ । सरकारले भर्ना अभियान पनि  घोषणा गरेको छ । तर महासंघले विद्यालय भने बन्द गर्ने निर्णय गरेको छ ।

‘स्कुल बन्द गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ ।
सरकारले विगतमा गरेका सहमति अनुसार शिक्षकको माग पूरा नभए सम्म र नयाँ शिक्षा ऐन जारी नगरेसम्म अान्दोलनलाई नटुङ्ग्याउने शिक्षक महासंघकाे निर्णय छ । तर सरकार हामी तपाईंहरूकाे माग पूरा गर्न प्रतिबद्धता छाै मात्र भनेर टार्न खाेजिरहेकाे अबस्था छ ।

अरू विकसित देशमा शिक्षकलाई पहिलो सुविधा दिएर राखेकाे अवस्था छ तर नेपालमा भने ठिक त्यसकाे उल्टो तल्लो स्तरको दर्जा र सेवा सुविधा दिएकाे अवस्था छ । नेपालमा जुनसुकै सरकार अाए पनि शिक्षा क्षेत्रलाई त्यति धेरै चासाे दिएकाे पाईदैन । २०२८ सालमा जारी गरिएकाे ऐनलाई अहिले सम्म शिक्षकको हितमा हुने गरि संशोधन हुन सकेको छैन । यसबाट पनि थाहा हुन्छ कि सरकारले शिक्षा क्षेत्रलाई वेवास्ता गरेकाे छ भनेर ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
छुटाउनु भयो की!

ताजा अपडेट

खोजी गर्नुहोस