निष्पक्ष समाचार, बलियो पैरवी

मिति: वि.सं. २०८२ बैशाख ६ गते शनिबार

तरुण दल नीलकण्ठ नगर समितिको अध्यक्षमा राजाराम अधिकारी चयन

तरुण दल नीलकण्ठ नगर समितिको अध्यक्षमा राजाराम अधिकारी चयन
  • पैरवी अनलाइन
  • २०८२ बैशाख ७ गते आईतबार

धादिङबेसी । वैशाख ६ गते, २०८२, पैरवी अनलाइन

नेपाली काँग्रेसकाे  युवा संगठन नेपाल तरुण दल नीलकण्ठ नगर स्तरीय समितिको  पाँचौ अधिबेशनबाट अध्यक्ष पदमा  नीलकण्ठ ४ का  राजाराम अधिकारी सर्बसहमत चयन भएका छन् ।

शनिबार वि. पि. स्मृति  भवनको हलमा जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारीकाे संयोजनमा सम्पन्न उक्त अधिबेशनबाट उपाध्यक्षमा युवराज पाेखरेल र महिला उपाध्यक्षमा साेमती तामाङ त्यस्तै गरी  सचिवमा हरिसारु मगर तथा सह सचिवमा कुमार श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रमका   प्रमुख अतिथिमा नीलकण्ठ नगरपालिकामा मेयर भीम प्रसाद ढुङ्गाना रहेका  थिए । ‘तरुण दल भनेको नेपाली कांग्रेसको भोलिका नेता हुन्’ उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
छुटाउनु भयो की!

ताजा अपडेट

खोजी गर्नुहोस