निष्पक्ष समाचार, बलियो पैरवी

मिति: वि.सं. २०८२ बैशाख ६ गते शनिबार

माओवादी केन्द्र ज्वालामुखी सङ्गठन कमिटीको अध्यक्षमा रम्तेल चयन

माओवादी केन्द्र ज्वालामुखी सङ्गठन कमिटीको अध्यक्षमा रम्तेल चयन
  • पैरवी अनलाइन
  • २०८२ बैशाख ५ गते शुक्रबार

 

धादिङ । वैशाख ४, २०८२, पैरवी अनलाइन

ज्वालामुखी गाउँपालिकामा ने क पा माओवादी केन्द्रले नयाँ पालिका संगठन कमिटिको चयन गरेको छ। उक्त अध्यक्षको जिम्मेवारी पाउनेमा सुब्बा रम्तेल रहेका छन्।

पार्टीको हालै गाउँकमिटीको सम्पन्न भेलाले रम्तेलको नेतृत्वमा ४४ सदस्यीय कमिटि चयन गरेको हो । उपाध्यक्षमा भरत गिदेल, राजन श्रेष्ठ र सलिना श्रेष्ठ चयन भएका छन् भने सचिवमा राजन सिंखडा, कोषाध्यक्षमा रितेश परियार लगायतका पदाधिकारी चयन गरि संगठनलाई पूर्णता दिएको हो।

यस अघिको भेला सम्पन्न भए पनि नेतृत्व चयन प्रक्रिया भने पुरा भएको थिएन । त्सय बेला नै केहि समय पछाडि सारिएको थियो। कमिटिको बैठकमा प्रमुख अतिथिका रूपमा केन्द्रीय सदस्य रामबहादुर भण्डारी थिए भने जिल्ला संयोजकमा मनराज भण्डारीको विशेष उपस्थिति रहेको थियो। उक्त भेलामा ज्वालामुखी गाउँपालिका भित्रका माओवादी सम्बद्ध दाजुभाइ, दिदीबहिनी तथा आमा बुबाहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
छुटाउनु भयो की!

ताजा अपडेट

खोजी गर्नुहोस