धादिङ । वैशाख ५ गते, २०६२, पैरवी अनलाइन
धादिङ जिल्लाका १३ वटा स्थानीय तहका इन्जिनियर र आई टि फोकल पर्सनहरुका लागि १ दिने डिजिटल र पूर्वाधारमा पहुँचयुुक्त सम्बन्धि अभिमुखीकरण कार्यक्रम धादिङबेशीको समन्वयको हलमा सम्पन्न भएको हो ।
अपाङ्गता पुनस्र्थापन समाज धादिङ तथा जिल्ला समन्वय समितिको आयोजना र एविलिस फाउण्डेसन फिनल्याण्डको आर्थिक सहयोगमा १ दिवसीय डिजिटल र पूर्वधार सम्बन्धि पहुँचयुक्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
अपाङ्गता पुनस्र्थापन समाज धादिङका अध्यक्ष अस्विन लम्सालको अध्यक्षता र प्रमुख आतिथिमा समन्वय समितिका उप—प्रमुख कुलमान विश्वकर्मा, विशेष अथितिमा Abilis Foundation Finland का Country director तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा. बिरेन्द्र राज पोखरेल, अतिथिहरुमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्य, महासचिवमा सुगम भट्टराई, अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडा र पत्रकारहरुको रहेको थियो ।
स्थानीय तहमा सरकारी भौतिक संरचना तथा पूर्वधारमा डिपीआर र नक्सा निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई पहुँचयुक्त बनाउनका लागि ईन्जिनियरहरुले विशेष ध्यान दिएर भौतिक संरचना बन्न सहयोग पुग्ने सोचका साथ यो कार्यक्रमको आयोजना गरिएको र कार्यक्रममा ३५ जना सहभागी रहेको अध्यक्ष अस्विन लंसालले बताए ।
‘सरकारी कार्यालयमा प्रयोग हुने वेवसाइट तथा सूचना प्रविधिका सफ्टवेयरहरु अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि पहुँचयुक्त हुनु पर्दछ’ प्रमुख अतिथि डा. विरेन्द्रराज पोखरेले बताए ।
आगामी दिनमा सरकारी कार्यालयहरुमा अपाङ्गता भएका व्यक्तिहरुले डिजिटल प्रविधिको प्रयोगमा पहुँचयुक्त बनाउनका लागि आई टि अधिकृतहरुले विशेष ध्यान दिएर वेवसाइट तथा सफ्टवेयरको छनोट गर्न सक्ने बनाउनका लागि पनि यो कार्यक्रमले सहयोग गर्नेछ ।
स्थानीय तहका सरकारी कार्यालयहरूमा अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा सेवा सुबिधा लिन मुस्कील भएको अबस्था छ । सरकारले साना तिना कुरामा ध्यान दिए सेवालाई सहज बनाउन सहयोग पुग्ने देखिन्छ ।